Online News Portal

तीनकुने हिंसात्मक प्रदर्शनका योजनाकार पत्ता लगाउँदै, कडा कारबाही गर्ने सरकारको तयारी – प्रधानमन्त्री ओली

प्रकाशित: १७ चैत्र २०८१, सोमबार ०७:४० | लेखक: मालिका खबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका योजनाकारहरूको खोजी भइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले घटनामा संलग्न व्यक्तिहरूको छानबिन तथा अनुसन्धान जारी रहेको जानकारी दिए।

 

 

ओलीले यो घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा प्रशासनिक कारबाही हुने स्पष्ट पारे। साथै, उनले घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीमार्फत संसदमा प्रस्तुत गरिने बताए।