Online News Portal

झापामा आयुर्वेदिक उपचारप्रति बढ्दो आकर्षण, रोग निको पार्ने प्रभावकारी उपाय बन्दै

प्रकाशित: १० चैत्र २०८१, सोमबार ०७:०४ | लेखक: मालिका खबर

काठमाडौँ : झापामा आयुर्वेदिक उपचारप्रति जनचासो बढ्दो क्रममा छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भद्रपुरमा दैनिक ७० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

केन्द्रका प्रमुख डा. विजय श्रेष्ठका अनुसार, पायल्स, ढाड दुखाइ, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी तथा नसासम्बन्धी समस्याका बिरामीहरूले आयुर्वेदिक उपचार प्रभावकारी ठानेका छन्।

चालु आर्थिक वर्षको आठ महिनामा पञ्चकर्म थेरापी, योग, होमियोप्याथी, प्रयोगशाला तथा अन्य सेवा हजारौंले लिइसकेका छन्। विशेषगरी, थेरापीको रूपमा तेल मालिस, बाफ लगाउने, मलद्वारबाट तेलको प्रवाह, वान्ता गराउने र पखाला गराउनेजस्ता उपचार विधिहरू अपनाइन्छन्।

स्थानीयहरू आयुर्वेदिक औषधिबाट स्वास्थ्य सुधार भएको अनुभव साझा गरिरहेका छन्। ग्यास्ट्रिकको समस्या भएका बिरामीदेखि ढाड दुखाइबाट पीडितहरू समेत आयुर्वेदिक उपचारबाट लाभान्वित भई उपचारप्रति विश्वास बढाइरहेका छन्।