Online News Portal

च्याम्पियन्स लिगको उपाधि भिडन्त: आज राति पीएसजी र इन्टर मिलान आमनेसामने

प्रकाशित: १८ जेष्ठ २०८२, शनिबार ०५:३८ | लेखक: मालिका खबर

काठमाडौँ : आज राति १२:४५ बजे एलिनाज एरिनामा हुने च्याम्पियन्स लिगको फाइनल खेलमा फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब इन्टर मिलान उपाधिका लागि आमनेसामने हुँदैछन्।

 

 

पीएसजी पहिलो पटक उपाधि उचाल्न खोज्दैछ भने इन्टर मिलान चौथोपटक यो उपाधि जित्ने लक्ष्यमा रहेको छ। दुई वर्ष अघि म्यानचेस्टर सिटीसँग फाइनलमा पराजित भएको इन्टर यसपटक जित्न कटिबद्ध देखिन्छ। इन्टरले लिगचरणमा चौथो स्थानमा रहँदै अन्तिम १६ मा फेयेनोर्ड, क्वाटरफाइनलमा बायर्न म्युनिख र सेमिफाइनलमा बार्सिलोनालाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उता पीएसजीले प्लेअफ हुँदै ब्रेस्ट, लिभरपुल, एस्टन भिल्ला र आर्सनललाई हराउँदै फाइनलमा स्थान बनाएको छ। पछिल्ला ५ भेटमा पीएसजीले ३ जित र १ बराबरी नतिजा निकालेको छ भने इन्टरले १ खेल मात्रै जितेको छ।