Online News Portal

चौधरी ग्रुपलाई बदनाम गर्न खोज्दा रामआशिष स्थानीयको आगाडी आफै नङ्गिए

वीरगञ्ज: पर्साका रामआशिष पासवानले गलत नियतले चौधरी समूहको बद्नाम गर्न सरकारी निकायमा उजुरी गरेको तथ्य खुलासा भएको छ । पर्साको चोनी गाविस वडा नं १ मा रहेको उनको चार कट्टा जग्गा चौधरी ग्रुपले खरिद नगरेपछि उनी सार्वजनिक जग्गा अतिक्रमित भयो भन्दै मिडियाबाजीमा उत्रिएका हुन् । उनको जग्गासँगै जोडिएको जमिन चौधरी समूहले खरिद गरेर सिजी लजिस्टिक पार्क खोल्न लागेको हो ।

उनले चलनचल्तीभन्दा दोब्बर मूल्यमा जग्गा बेच्न खोजेका थिए । यो सबै पासवानको फट्याइ हो ।

‘उनले (पासवान) महंगोमा जमिन बेच्न चाहेका थिए । चलनचल्तीभन्दा दोब्बर मूल्यमा जमिन कसले किन्छ र ? अखिलेश कुमार यादवले भने, ‘त्यो जग्गा किनिदिएको भए यो उजुरीसुजुरी केहि हुन्थेन । जग्गा नकिनिदिएपछि उसले यो सबै फट्याइँ गरेको हो ।’

वीरगञ्ज महानरगपालिका वडा नं. ३२ (साविकको चोनी गाविस वडा नं ५) का स्थानीय पासवानविरुद्ध स्थानीय नै आक्रोशित भएका छन् । पासवानकै कारण उद्योग नखुल्ने हो कि भन्ने चिन्ता स्थानीयले गर्न थालेका छन् ।

‘गाउँमा उद्योग आउने भयो भनेर हामी खुसी थियौं । हामीले त रोजगारी पनि पाउँथ्यौ नि । तर यो फटाहाका कारण उद्योग नै नआउला कि भन्ने भयो । यसलाई त समाजिक बहिष्कार गर्नुपर्ने भयो,’ अर्का स्थानीय शम्भु महतोले भने, ‘उसले आफ्नो जग्गा बेच्न खोजेको थियो । चौधरी ग्रुपले किनेन । त्यसपछि उसले चौधरी ग्रुपलाई बद्नाम गर्न यो सबै कर्तुत गरेको हो ।’

स्थानीयका अनुसार चौधरी समूहले खरिद गरेको जग्गा न सार्वजनिक नै हो, न त्यहाँ मसानघाट छ ।

कतिपय सञ्चारमाध्यममा तथ्य नबुझी पासवानकै कुरालाई आधार बनाएर समाचार प्रकाशित गरेका हुन् । मिडियाले पनि कुरै नुबझी त्यो फटाहाको कुरामा विश्वास गरेर समाचार बनाए,’ स्थानीय अनिल मण्डलले भने, ‘त्यहाँ कुनै पनि सार्वजनिक जग्गा मिचिएको छैन ।’