Online News Portal

चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लङ्घन गर्दै शुल्क असुली, डेन्टल विद्यार्थीहरूको विरोध प्रदर्शन

प्रकाशित: ३ चैत्र २०८१, सोमबार ०४:३२ | लेखक: मालिका खबर

काठमाडौँ : चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूको व्यावहारिक तालिमका लागि ल्याब र बिरामी कलेजहरूले निःशुल्क व्यवस्था गर्नुपर्ने निर्देशन दिएको थियो।

 

तर, केही कलेजहरूले यस निर्देशनको उल्लङ्घन गर्दै विद्यार्थीहरूबाट अतिरिक्त शुल्क असुल्न थालेपछि डेन्टल विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले समस्या समाधान नभएसम्म अध्ययन बन्द गर्ने चेतावनी दिएका छन्। आयोगले कलेजहरूमा निरीक्षण गरी आवश्यक कदम चाल्ने बताएको छ।