Online News Portal

गृहमन्त्री लामिछानेलाई ज्ञानबहादुरको सुझावः ‘गिरीबन्धुको फाइल अलरेडी छ, पक्राउ गरे हुन्छ’

प्रकाशित: १८ असार २०८१, सोमबार ०८:३९ | लेखक: मालिका खबर

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल तयारी अवस्थामा रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले गिरीबन्धु प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न सुझाव दिए

 

 

 

उपप्रधान एवं गृहमन्त्री लामिछानेले केही समयअघि ‘भ्रष्टाचारका सबै फाइल खोलिन्छन्, तर फाइल तयारी गर्न समय लाग्छ’ भनी दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले सर्वोच्च अदालतले फाइल तयार गरिदिएको बताए ।