Online News Portal

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

प्रकाशित: २१ बैशाख २०८२, आईतवार १४:४७ | लेखक: मालिका खबर

काठमाडौँ : सुर्खेतको सिम्ता गाउँपालिका–८ मा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा पहुँच पुर्याएको छ। विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले हाडजोर्नी, स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, नसासम्बन्धी रोगको उपचार गरे।

 

 

शिविरबाट ३ सय भन्दा बढी बिरामीले सेवा लिएका छन्। स्थानीय बासिन्दाले गाउँमै उपचार पाउँदा खुशी व्यक्त गरेका छन्। वडा कार्यालयको आयोजना र विभिन्न संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।