Online News Portal

गर्भवती मृत्यु प्रकरणमा छानबिन समिति गठन, परिवारद्वारा शव बुझेर अन्त्येष्टि

प्रकाशित: १२ बैशाख २०८३, शनिबार ०५:१४ | लेखक: मालिका खबर

काठमाडौँ : पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा छानबिन समिति गठन भएपछि परिवारले उनको शव बुझेको छ।

गर्भपतन गराउने क्रममा मृत्यु भएकी पाण्डेको शव नेपाल मेडिकल काउन्सिलले अनुसन्धान प्रक्रिया अघि बढाएपछि परिवारलाई बुझाइएको हो। परिवारका अनुसार शुक्रबार पाल्पास्थित राम्दी खोलामा उनको अन्तिम संस्कार गरिएको छ।

पाण्डेको बुटवलस्थित खत्री नर्सिङ होम, जोनल अस्पताल र इन्दुलेखा फार्मेसीमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ। घटनाका बेला उनको पेटमा १२ हप्ताको गर्भ रहेको थियो।

घटनासँग सम्बन्धित उपचारमा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यसैबीच, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।