Online News Portal

“क्रिकेट प्रतियोगिता: युगाण्डाविरुद्ध टस हारेर नेपालले पहिले बलिङ गर्दै”

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार १३:०१ | लेखक: मालिका खबर

काठमाडौँ : महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले युगाण्डाविरुद्धको खेलमा टस हारेर पहिले बलिङ गर्ने भएको छ। खेल युगाण्डाको एन्टेबे क्रिकेट मैदानमा भइरहेको छ। यसअघि नेपालले चार खेलमध्ये तीनमा हार बेहोरेको थियो, जसमा नामिबिया र हङकङसँगको पराजय समावेश छ।

 

 

अंक तालिकामा नेपाल अन्तिम स्थानमा रहेको छ। युगाण्डाले भने नेपालसँगको अघिल्लो भेटमा एक विकेटले पराजित भएको थियो।