Online News Portal

क्यानडा पढ्न जाने नेपाली विद्यार्थी र अभिभावकलाई दूतावासका सुझाव

प्रकाशित: २ भाद्र २०८१, आईतवार ०३:२१ | लेखक: मालिका खबर

काठमाडौं : क्यानडामा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दूतावासले सात बुँदे सुझाव दिएको छ ।

एक सूचना जारी गर्दै दूतावासले आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदीका बारेमा पर्याप्त खोजी गर्न सुझाएको छ ।

यस्तै अध्ययनका लागि आउनुपूर्व क्यानडामा रहेका आफन्त, साथीहरू, विद्यार्थीहरूको सोसल मिडिया नेटवर्क, सम्बन्धित शहरका गैर आवासीय नेपाल संघ लगायत संघसंस्थाहरुलाई आफू आउन लागेको ठाउँ, खर्च, रोजगारीको सम्भावनाका बारेमा बुझेर जानकारी लिएर मात्रै आउन सुझाव दिएको छ ।