Online News Portal

कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे

प्रकाशित: १४ जेष्ठ २०८२, मंगलवार ०५:०२ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाली शेर्पा पर्वतारोही कामीरिता शेर्पाले सगरमाथाको ३१ औं सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्। ५५ वर्षीय कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथाको चुचुरोमा पुगेर यो उपलब्धि हासिल गरेका हुन् ।

 

 

उनी सेभेन समिट ट्रेक्सका वरिष्ठ गाइडका रूपमा कार्यरत छन्। १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका कामीरिताले त्यसयता प्रायः हरेक वर्ष यो शिखर चढ्दै आएका छन्। उनको नाममा ८,००० मिटरभन्दा अग्ला हिमालहरूमा सबैभन्दा धेरै आरोहण गरेको कीर्तिमान पनि रहेको छ । यसपटक उनले २२ सदस्यीय भारतीय सेनाको टोलीलाई नेतृत्व दिँदै सगरमाथाको चुचुरोमा पुर्‍याएका हुन् ।