Online News Portal

काठमाडौं उपत्यकामा असिना सहितको वर्षा, बागमती र गण्डकी प्रदेशका जिल्लामा हल्का वर्षा

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार १३:१८ | लेखक: मालिका खबर

काठमाडौँ : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।

 

काठमाडौं वरपर, दोलखा, सोलुखुम्बु, गोरखा, लमजुङ लगायतका क्षेत्रमा विगत तीन घण्टादेखि वर्षा भइरहेको छ। काठमाडौंमा छोटो समयको लागि असिनासमेत परेको छ। मौसमविद्हरूले साँझपख मौसममा क्रमिक सुधार हुने र शुक्रबार बिहान मौसम खुल्ने, दिउँसो हल्का वर्षा हुने र साँझसम्म सुधार हुने सम्भावना रहेको बताएका छन्।