Online News Portal

आइतबार सार्वजनिक बिदा

प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार ०७:२८ | लेखक: मालिका खबर

काठमाडौँ: आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेको छ। मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ।

सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन्। अब सोमबारमात्रै शेयर कारोबार खुल्नेछ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।