Online News Portal

कर्फ्युका कारण आज सेयर बजार बन्द

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार ०७:२४ | लेखक: मालिका खबर

काठमाडौं उपत्यकाको रिङरोडभित्र सरकारले कर्फ्यु जारी गरेपछि मंगलबार सेयर बजार (नेप्से) मा कारोबार रोकिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विज्ञप्ति जारी गर्दै कारोबार स्थगित गरिएको जानकारी दिएको हो। कर्फ्युको कारण सदस्य संस्था तथा लगानीकर्ताले कारोबार स्थगन गर्न अनुरोध गरेपछि बजार बन्द गरिएको नेप्सेले स्पष्ट पारेको छ।

कर्फ्यु हटेपछि मात्रै बजार सञ्चालन गर्ने तयारी भएको नेप्सेले जनाएको छ। यससँगै लगानीकर्तालाई आगामी सूचना नआएसम्म धैर्य गर्न आग्रह गरिएको छ।