Online News Portal

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस

प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार ०५:५५ | लेखक: मालिका खबर

काठमाडौँ: नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँदैछ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।

बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी आज बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् । बुधबारसम्म नेपाली कांग्रेसबाट मन्त्री नियुक्त गरी मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी मुख्यमन्त्री राजकुमार शर्माको छ।

डेढ महिनाअघि केन्द्रमा फेरबदल भएको सत्ता समीकरणअनुसार कर्णालीमा नेपाली कांग्रेससहितको सरकार बनाउने विषयमा आइतबार दलहरूबीच छलफल भएको थियो।

तत्कालै एमालेले छोडेका मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी रहेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए।