Online News Portal

एसियाली युथ टेबलटेनिसमा नेपाल प्रिक्वार्टरफाइनलमा, मलेसियासँग भिडन्त

प्रकाशित: १३ असार २०८२, शुक्रबार ०६:०० | लेखक: मालिका खबर

काठमाडौँ : नेपालले उज्बेकिस्तानको तास्केन्दमा जारी २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत यू–१९ ब्वाइज टिम इभेन्टको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको छ।

 

समूह–१ अन्तर्गत साउदी अरबियालाई ३–१ ले हराउँदै नेपाल समूह उपविजेता बन्यो। प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल समावेश नेपाली टोली अब प्रिक्वार्टरफाइनलमा मलेसियासँग भिड्नेछ। टोली प्रमुख ज्याकी महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले यसलाई नेपाली टेबलटेनिसको ऐतिहासिक उपलब्धि भनेका छन्।