Online News Portal

एमालेको सचिवालय बैठक स्थगित

प्रकाशित: २६ असार २०८१, मंगलवार ०९:२७ | लेखक: मालिका खबर

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो।एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको छ। जसअनुसार नेताहरूको पुरानो जिम्मेवारी हेरफेर गर्नेसमेत गर्ने तयारी भएको छ। बुधबार बस्ने बैठकमा पार्टीको आन्तरिक एजेण्डका साथै कांग्रेससँग भएको सहमतिका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन्।