Online News Portal

उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयक दुई साताभित्रै मन्त्रिपरिषद‍्मा पेस गरिँदै

प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार १४:४७ | लेखक: मालिका खबर

काठमाडौँ;  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समग्र हवाई सुरक्षा र व्यापार प्रवर्द्धनका लागि बृहत् योजना बनाएको छ । यसअघि नै अघि बढाएर प्रतिनिधि सभामा गएर अड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई छुट्टै निकायमा टुक्य्राउने विधेयकलाई फेरि बिउँताउने योजना मन्त्रालयले बनाएको हो ।२०८० साउन १० गते बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई उड्डयन प्राधिकरणको नियामक र सेवाको जिम्मेवारी छुट्ट्याउने गरी अघि बढेको दुई वटा विधेयक कहाँ पुग्यो ? के कारणले रोकिएको हो भन्नेबारे प्रश्न गर्दै पुनः अघि बढाउन निर्देशन दिएको थियो ।