Online News Portal

“आवासीय चिकित्सकको श्रम शोषणविरुद्ध स्वास्थ्य मन्त्रालय घेराउ”

काठमाडौँ : आवासीय चिकित्सकहरूले न्यून पारिश्रमिक र श्रम शोषणको विरोधमा काठमाडौंस्थित स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन्। सरकारले आठौँ तहको तलब दिने निर्णय गरे पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले माइतीघरबाट मन्त्रालयसम्म प्रदर्शन गरे, जसलाई प्रहरीले रोक्दा केही समय धकेलाधकेल भएको थियो।

 

 

चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगद्वारा तोकिएको ४८,७३७ रुपैयाँ मासिक पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन्। तर, स्वास्थ्य र शिक्षामन्त्रीले संयुक्त रूपमा निजी मेडिकल कलेजका आवासीय चिकित्सकका लागि क्रमशः २५, ३०, र ३५ हजार रुपैयाँ पारिश्रमिक तोक्दा उनीहरू आक्रोशित भएका छन्। यसले पूर्वसहमति र कार्यदलको सिफारिस विपरीत भएको भन्दै चिकित्सकहरूले विरोध जनाएका छन्।

आन्दोलनरत चिकित्सकहरूले वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारसँग आफ्ना मागहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

 

Advertisement

Click the button below to skip this ad and read the full article.