Online News Portal

आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

प्रकाशित: २ भाद्र २०८१, आईतवार ०४:०२ | लेखक: मालिका खबर

काठमाडौं- पराष्ट्रमन्त्री डा. आरजु राणा आइतबार छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछिन्। आज बिहान साढे ११ बजे उनी भारत प्रस्थान गर्नेछिन्।

मन्त्री राणाका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी चार दिने भारत भ्रमणमा निस्कन लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ।