Online News Portal

आँखुखोला जलविद्युतको आम्दानी र नाफा दुबैमा सुधार

प्रकाशित: १२ बैशाख २०८३, शनिबार ०५:१९ | लेखक: मालिका खबर

काठमाडौं: आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार देखाएको छ। यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३१.९४ प्रतिशतले बढेर १७ करोड २४ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, खुद नाफा १३.८२ प्रतिशतले वृद्धि भई ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। आम्दानी वृद्धि र वित्तीय खर्चमा कमी आउनुले नाफा बढ्न सहयोग गरेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५६ पैसा पुगेको छ भने नेटवर्थ ९२ रुपैयाँ कायम रहेको छ। यद्यपि, जगेडा कोष भने अझै ऋणात्मक अवस्थामा रहेको छ।