असोज ६ गते सिविआईएल सेक्यूरिटिजको साधारण सभा
काठमाडौं ; सिविआईएल सेक्यूरिटिज लिमिटेडले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले कम्पनीकै प्रधान कार्यालय कुपण्डोल, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०६०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङग्याउनेछ । यस वर्ष क्यापिटलले आफ्ना शेयरधनीहरूका लागि कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश समेत वितरण गर्न लागेको छ ।
उल्लेखित प्रस्ताव सहित सञ्चालन नियुक्ती अनुमोदन र सञ्चालकहरूको बैठक भत्ता बृद्धिको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।