Online News Portal

असार २७ गते सम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक

प्रकाशित: २६ असार २०८१, मंगलवार ०९:३८ | लेखक: मालिका खबर

काठमाडौँ : प्रतिनिधि सभाको बैठक असार २७ गते बिहीबारसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा सभामुख देवराज घिमिरले बिहीबार अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। आजको बैठकमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोतसम्बन्धी विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावमाथि निर्णायार्थ प्रस्तुत गरिँदा बैठकले अनुमोदन गरेपछि उक्त प्रस्ताव समितिमा पठाउने निर्णय भएको हो।