Online News Portal

‘अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै तिर्ने: धितोपत्र बोर्डको नयाँ व्यवस्था’

प्रकाशित: ९ मंसिर २०८२, सोमबार १२:१९ | लेखक: मालिका खबर

काठमाडौं : धितोपत्र बोर्डले जारी गरेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूले बोनस सेयर वितरण गर्दा लाग्ने कर लगानीकर्ताले होइन, कम्पनीले नै तिर्नुपर्ने भएको छ।

पहिले बोनस सेयरमा लाग्ने करको जिम्मेवारी सेयरधनीमै पर्ने व्यवस्था थियो। यद्यपि केही कम्पनीहरूले बोनस वितरणसँगै आफूले नै कर भुक्तानी गर्ने अभ्यास पनि गर्दै आएका थिए।

धितोपत्र निष्कासन तथा बाँडफाँट (दशौँ संशोधन) निर्देशिका, २०२ मार्फत बोर्डले यो नियम स्पष्ट रूपमा कार्यान्वयनमा ल्याएको हो। निर्देशिका, २०७४ को दफा ४० मा उपदफा (७) थपेर कम्पनीमै कर तिर्ने दायित्व तोकिएको छ।

नयाँ प्रावधानमा भनिएको छ—
“बोर्डमा दर्ता भएका सबै संगठित संस्थाले सेयरधनीलाई बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सेयरधनीको बोनसबाट समायोजन गरी कम्पनीले नै भुक्तानी गर्नुपर्छ।”

यससँगै लगानीकर्ताले बोनसमा कर तिर्नुपर्ने पहिलेको झन्झट हटेको छ भने कंपनिहरूलाई वितरण प्रक्रिया थप स्पष्ट र व्यवस्थित हुने अपेक्षा गरिएको छ।