Online News Portal

प्रहरीको रासन रकम बढ्यो, फागुन १ देखि लागू

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि उपलब्ध गराइने रासन रकम बढाउने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल तथा दैनिक रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो।

गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार उक्त निर्णय आगामी फागुन १ गतेदेखि लागू हुनेछ। “२०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको छ,” उनले जानकारी दिए।

सरकारको यो निर्णयसँगै लामो समयदेखि यथावत् रहेको प्रहरीको रासन सुविधामा सुधार हुने अपेक्षा गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.