Online News Portal

क्यानडालाई हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा

काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्सले क्यानडामाथि फराकिलो जित हासिल गर्दै शीर्ष स्थामनमा उक्लिएको छ।

अमेकिा, क्यानडा र नेदरल्यान्ड्सबीचको जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोलीले पाहुना टोलीमाथि ६३ रनको जित हासिल गरेको हो।

 

जितसँगै स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिएको छ। समान सात खेलबाट १० अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहँदा नौँ अंकसहित स्कटल्यान्ड दोस्रो तथा आठ अंक रहेको क्यानडा तेस्रो स्थानमा छ।

नेदरल्यान्ड्सले दिएको २२१ रनको लक्ष्य पछ्याएको क्यानडा ३५.४ मा सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो। क्यानडाको यो लगातार तेस्रो हार हो।

क्यानडाको लागि श्रेयस मोव्वाले सर्वाधिक ४७ रन बनाए। उनले ७२ बलमा ४ चौका प्रहार गरे। यस्तै, आरोन जोनसोन ३२, दिलप्रीत सिंह २० र डिलोन हेलिगर १४ रन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

क्यानडालाई सस्तैमा रोक्न नेदरल्यान्ड्सका लागि पावल भ्यान मीकरेनले सर्वाधिक पाँच विकेट लिए। उनले ९.४ ओभर बलिङ गर्दै एक मेडनसहित २८ रन खर्चिए। भिभियन किङ्माको नाममा तीन विकेट रह्यो।

त्यसअघि हजेलारवेग, रोटरडैममा टस हेरेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डस्ले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.