Online News Portal

चार दिनमा १६८ डेंगुका बिरामी थपिए

काठमाडौँ । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीले जनाएको छ ।

यससँगै देशभर १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई १८ मा १ हजार ६ सय ५७ जना डेंगु बिरामी थिए ।

Advertisement

Click the button below to skip this ad and read the full article.