Online News Portal

काभ्रेमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान पनौती नगरपालिका- ५ पुन्यमाता खोला भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा २४ वर्षीय युवकको शव फेला परेको हो।

उक्त शव काभ्रेकै नमोबुद्ध नगरपालिका- १ घर भएका २४ वर्षीय दिपेन्द्र खड्काको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्र. ३-०२-००७ प ५४११ नम्बरको मोटरसाइक दुर्घटना हुँदा त्यसमा सवार खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.