एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ: भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो ।केही मिनेटमै पानीको तीव्र बहावमा परिवार नै बगे । उनीहरूले सहयोगका लागि हार गुहार गरेको पनि सुनिन्छ । तर पानीको बहाव तीव्र हुँदा मद्दतका लागि कोही पनि जान सकेनन् । यो घटना आइतबार दिउँसो १ः३० बजेको हो ।