इजिप्टका राष्ट्रपतिद्वारा गाजा युद्धविरामको आवश्यकतामा जोड

काठमाडौँ : इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा सिनेटर जेरी मोरानको नेतृत्वमा धेरै अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन काँग्रेसका सदस्यहरूसँग भेट गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार बैठकमा सिसीले गाजामा द्वन्द्व रोक्नका लागि स्ट्रिपका जनताले भोग्नुपरेको मानवीय त्रासदीलाई न्युनिकरण गर्न र द्वन्द्वको फैलावट रोक्नको लागि तिब्र प्रयास गर्न जोड दिनुभयो । सिसीले यस क्षेत्रका सबै जनताका लागि न्याय, शान्ति र सुरक्षा प्राप्त गर्न दुई राज्य समाधानको कार्यान्वयनमा अन्तर्राष्ट्रिय संलग्नता आवश्यक रहेकोमा जोड दिनुभयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।