काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको बताउनुभएको छ ।
मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रश्तुत गरेको बताउनु भयो । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्न आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताउनु भयो ।