Online News Portal

ह्वात्तै बढ्यो फेसबुक ह्याकिङ

काठमाडौं:  फेसबुक प्रयोगकर्ताको युजर नेम र पासवर्डको प्रयोग नगरिकनै वा अर्को जुक्ति लगाएर अरु कसैले फेसबुक चलाउनुलाई ह्याकिङ भनिन्छ ।

फेसबुक ह्याक नेपाललगायत विश्वकै समस्या हो । ह्याकरले एटीएम, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङबाट पैसा चोरी गर्ने सम्भावना हुन्छ । अर्को, अत्यावश्यक डाटाहरू नष्ट हुने वा चोरी हुन्छ । ह्याकिङलाई माध्यम बनाएर भाइरस फैलाइदिने सम्भावना पनि हुन्छ ।

अहिले ह्याकिङका लागि सबैभन्दा ठूलो समस्या बनेको छ, फेसबुक । कम्प्युटर इन्जिनियर उत्तम कार्कीका अनुसार नेपालमा पछिल्लो समय फेसबुक ह्याकिङ अत्यधिक बढेको छ ।
नेपालमा अहिले ह्याक कसरी गर्ने भनेर गुगल सर्च गर्नेहरुको संख्या बढेको छ । हाउ टु ह्याक, वाईफाई ह्याक र फेसबुक ह्याकको तरिका खोजी बढीजसो नेपालबाटै भएको जानकारहरु बताउँछन् ।
आइटी क्षेत्रमा १० वर्ष काम गरेको अनुभव सुनाउँदै कार्की भन्छन्, ‘पछिल्लो दुई वर्षमा नेपालमा पनि विकसित देशकै हाराहारीमा ह्याकिङ भएको पाइन्छ । आवधिक निर्वाचनपछिको समय धेरै यस्ता घटना हुन थाल्यो ।’

साइबर ब्युरोको पछिल्लो चार वर्षको तथ्याङ हेर्दा साइबर अपराधसम्बन्धी १६ हजार उजुरी परेका छन् । नीमध्ये फेसबुक ह्याकिङ सम्बन्धी ४ हजार ७ सय उजुरी परेको छ । उमेर समुहलाई हेर्ने हो भने २० देखि ४०/४५ वर्षका धेरै मानिसहरु ह्याकिङको शिकार भएका छन् ।