हरिया चुरा, पहिरनको खोजी


काठमाडौँ: साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहेन्दी लगाउने चलन छ । साउनमा हरियो र पहेँलो रंगको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट भित्रिएको विज्ञहरु बताउँछन् । साउन महिनालाई हरियाली महिना पनि भनिन्छ । महिला प्रजननशील, उर्वरशील होस् भनेर यो चलन बसाइएको समेत धारणा पाइन्छ । साउन लागेलगत्तै बजारमा हरियो चुरा, पोते, पहिरन किनमेल गर्नेहरुको भीड बढिरहेको देखिन्छ ।