Online News Portal

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।  अघिल्लो दिन आइतबार  १४.८३ अंकले घटेको नेप्से यसदिन १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा अडिएको हो।

मंगलबार ३१६ कम्पनीका ६६ हजार ७ सय १६ पटकको कारोबारमा १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ रहेको छ ।यसदिन दुई समूहको उपसूचकबाहेक अन्यको सूचक भने सकारात्मक देखिएका छन्। फाइनान्स र मनु एण्ड प्रोको उपसूचकबाहेक अन्य समूहको उपसूचक ओरालो लागेको हो।

Advertisement

Click the button below to skip this ad and read the full article.