Online News Portal

सुपरमाई हाईड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं :  सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव दिनेश बर्तौलाले जनाएका छन् ।