Online News Portal

सुनको भाउ तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुग्यो

काठमाडौँ : नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार आठ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।

हिजो सुनको भाउ तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९५ रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।