Online News Portal

वैदेशिक रोजगार व्यवसायी संघले दिए श्रम मन्त्रीलाई सफल कार्यकालको शुभकामना

काठमाडौँ –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नव नियुक्त मन्त्री शरत सिंह भण्डारीलाइ मन्त्रालयको सभाहलमा भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका पूर्वअध्यक्ष, सल्लाहकार, शुभेच्छुक संघ, घटक सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै वैदेशिक रोजगार व्यवसायीको उपस्थितिमा सो भेट गरेका थिए ।

उक्त कार्यक्रममा मन्त्री भण्डारीले बार्षिक एकसय जना कामदार पठाउन नसकि इजाजतपत्र नविकरण हुन नसकेका इजाजतपत्रवाला व्यवसायीहरुका सम्बन्धमा यो बिषय औचित्य नभएको भनी खारेजीका लागि संसदमा विधेयक दर्ता गराएको हुँदा आवश्यक प्रक्रिया पूरा गरि इजाजत नविकरणका लागि वाधा अड्काउ फुकाउ सम्वन्धी निर्णय गरिने निस्चिन्त भइ इजाजतपत्र नविकरण नभएका व्यवसायी हरुलाइ धैर्यधारण गरि केही समय प्रतीक्षा गर्न अनुरोध गरेको जानकारी महासचिव मेघनाथ भुर्तेलले जानकारी गराए ।

Advertisement

Click the button below to skip this ad and read the full article.