काठमाडौ: पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।
यसअघि पानी नपर्दा खोलानाला सुकेर विद्युत् उत्पादन ह्वात्तै घटेकोमा पछिल्ला दिनमा विद्युत् उत्पादन बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबारसम्म पिक आवरमा विद्युत् उत्पादन २ हजार ५०० मेगावाट पुगेको छ ।