काठमाडौँ: लुम्बिनीका मुख्यमन्त्री लीला गिरीको दिएपछि लुम्बिनी प्रदेशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनको काम अगाडि बढाएका छन् ।
केन्द्रमा भएको सत्ता समीकरणको फेरबदलका कारण नेकपा एमालेको भागमा परेको लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन गर्न कांग्रेस-एमाले अघि बढेका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्यको आवस्यकता पर्छ । प्रदेश प्रमुखबाट नयाँ सरकारका लागि आह्वान भएलगत्तै एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित भोलि (साउन ७ गते) एमाले संसदीय दलका नेता गिरीको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेस गर्ने तयारी छ । मुलुकमा राजनीतिक स्थायित्व र विकास अघि बढाउन नयाँ गठबन्धन आवश्यक परेको गठबन्धनका नेताहरुले बताएका छन् ।
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बन्नुभएका एमाले संसदीय दलका नेता गिरी दोस्रोपटक मुख्यमन्त्री बन्न लाग्नुभएको हो । २०७९ पुस २७ गते पहिलोपटक मुख्यमन्त्री बन्नु भएका गिरी पाँच महिनापछि सरकारबाट बाहिरिनुभएको थियो ।