लियो साजन भण्डारी लियो बहुल जिल्ला अध्यक्ष (MDP) का लागि,किन? – लियो बहुल जिल्ला ३२५, नेपाल

वर्तमान लियो वर्षमा लियो जिल्ला परिषद् ३२५ के, नेपालको जिल्ला अध्यक्षको रूपमा, लियो साजन भण्डारीले आफ्नो दूरदर्शी नेतृत्वमार्फत सेवा, नेतृत्व विकास र अन्तर्राष्ट्रिय पहिचानलाई समेट्ने थुप्रै उदाहरणीय कार्यक्रमहरू संचालन गर्नुभएको छ। उहाँको कार्यकालमा सम्पन्न प्रमुख गतिविधिहरूमा क्लब अफिसर्स स्कूलिङ, अन्तर्राष्ट्रिय टविनिङ र “MEGA TREE PLANTATION”, बाढी पीडितप्रति राहत सहयोग, Mr. and Miss Leo Nepal, फन्ड रेजिङ कार्यक्रम, विश्व मधुमेह दिवस मनाउने, District President Cup, Leo Advancement Session (LAS), लियो सेवा अनुदान परियोजना (विद्यालय मर्मत र रङरोगन), र तेस्रो जिल्ला सम्मेलनजस्ता कार्यक्रमहरू समावेश छन्।
यी सबै कार्यक्रमहरू केवल सम्पन्न मात्र नभई, Lions Clubs International तथा Leo Club Program बाट पनि प्रशंसित र सम्मानित भएका छन्। विशेषगरी, MD 325 को इतिहासमै पहिलोपटक, साजन भण्डारीको नेतृत्वमा सबै लियो क्लबका अध्यक्ष र सल्लाहकारहरूको १००% रिपोर्टिङ सुनिश्चित भएको ऐतिहासिक उपलब्धि हासिल भएको छ। त्यसका साथै, LCIF मा पुर्याएको योगदानको लागि उहाँले अन्तर्राष्ट्रिय प्रमाणपत्र समेत प्राप्त गर्नुभएको छ, जसले लियो जिल्ला ३२५ के मात्र होइन, समग्र बहुल जिल्ला ३२५ नेपाललाई पनि अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएको छ।
त्यसैले अब, लियो साजन भण्डारी बहुल जिल्ला अध्यक्ष (MDP) को भूमिकामा अघि बढ्नका लागि सबै दृष्टिकोणले सक्षम, अनुभवी र अन्तर्राष्ट्रियस्तरसम्म प्रतिनिधित्व गर्न सक्ने एक योग्य उम्मेदवार हुनुहुन्छ। उहाँको अनुभव, सिद्ध नेतृत्व क्षमताहरु र अबसम्मको प्रभावशाली कार्यसम्पादनको आधारमा, लियो बहुल जिल्ला ३२५, नेपाललाई नयाँ उचाइमा पुर्याउन सक्ने पूर्ण विश्वास उहाँमा देख्न सकिन्छ। तेसैले धेरै बौद्धिक व्यक्तिको रोजाईमा पनि पर्दै आएका भण्डारी लियो बहुल जिल्ला ३२५ निर्बाचित हुने संकेत पनि देखिन थालेको छ। उहाँका केहि महत्वपुर्ण कार्यहरु यसप्रकार छन्