Online News Portal

ललितपुरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकद शालिक अनावरण

काठमाडौँ : ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकद शालिक अनावरण गरिएको छ। स्व. जोशीको १०६औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले शालिकको अनावरण गरेका हुन्।

 

 

 

जोशीको निधन २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा भएको थियो र उनको इच्छाअनुसार शरीर किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो। कार्यक्रममा महर्जनले झनाख्य पार्कमा अब नयाँ शालिक नबनाइने बताए। उनले जोशीलाई मुलुकको गहना भन्दै भाषा, साहित्य, संस्कृति र कलामा उनले पुर्‍याएको योगदानको स्मरण गरे।

 

Advertisement

Click the button below to skip this ad and read the full article.