Online News Portal

रेविका खत्रीलाई तीनकुने घटनामा घाइते भएपछि पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण

काठमाडौँ : तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौँको शिक्षण अस्पतालमा पोर्चुगलबाट प्राप्त आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

 

 

कार्यक्रम संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले रकम हस्तान्तरण गरेपछि समितिका सदस्यहरू डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल र राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही पनि कार्यक्रममा सहभागी भए। खत्रीको उपचार शिक्षण अस्पतालमा जारी छ।

Advertisement

Click the button below to skip this ad and read the full article.