Online News Portal

रियल म्याड्रिडको सकसपूर्ण जित: सेल्टा भिगोलाई ३–२ ले हराउँदै शीर्ष स्थानको नजिक पुग्यो

काठमाडौँ : स्पेनिस ला लिगामा रियल म्याड्रिडले आज भएको खेलमा सेल्टा भिगोलाई ३–२ ले हराउँदै शीर्ष स्थानको बार्सिलोनामाथि दबाब बढाएको छ।

 

 

खेलको सुरुवातमै रियलले ३–० को अग्रता बनाएको थियो, जसमा युवा खेलाडी अर्दा गुलेरले ३३औं मिनेटमा गोल गरे भने किलियन एमबाप्पेले ३९औं र ४८औं मिनेटमा गोल गर्दै टोलीलाई मजबुत स्थिति दिलाए। तर, सेल्टाका जाभी रोड्रिग्वेज र विलियोट स्वेडबर्गले क्रमशः ६९औं र ७६औं मिनेटमा गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। थिबाउट कोर्टोइसको उत्कृष्ट बचाउले रियललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निभायो। यस जितसँगै रियल म्याड्रिडले ३४ खेलबाट ७५ अंक जोड्दै बार्सिलोनासँगको ४ अंकको अन्तरलाई कायम राखेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.