युट्युबर बनेका रोनाल्डो भन्छन्- ‘सब्सक्राइबरमा मिस्टर बिस्टलाई जित्छु’
काठमाडौं: चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेपछि सर्वाधिक सब्सक्राइबर भएका मिस्टरबिस्टसँग प्रतिस्पर्धा गर्ने योजना बुनेका छन् ।
“मैले हराउनुपर्ने नै मिस्टरबिस्ट हुन्,” सोमवार उनले एक अन्तर्वार्तामा भनेका छन् ।
गत २१ अगस्टमा युट्युब च्यानल खोलेपछि रोनाल्डोलाई करोडौं प्रशंसकहरूले पछ्याइरहेका छन् । अहिले जुन रफ्तारमा रोनाल्डोको च्यानलमा सब्सक्राइबरको संख्या बढिरहेको छ, त्यसका आधारमा भविष्यमा रोनाल्डोले मिस्टरबिस्टलाई उछिन्ने आँकलन भइरहँदा रोनाल्डो स्वयंले यसबारे मुख खोलेका हुन् ।
तर यो प्रतिस्पर्धा सजिलो भने पक्कै छैन । त्यसयता उनले थप तीन करोड बढी सब्सक्राइबर बटुलेका छन् ।