Online News Portal

मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् ।

आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।उनले भने, ‘हामीले काम मार्फत मेलम्ची खानेपानी आयोजना सम्बन्धी सृजित गलत भाष्यलाई चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी १२ महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसको लागि म प्रतिबद्ध छु, के गर्नु पर्छ म गर्छु ।’

Advertisement

Click the button below to skip this ad and read the full article.