Online News Portal

मुख्यसचिवको लाइनमा लीलादेवी

काठमाडौं: मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दियएको छ । उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतका अनुसार गड्तौलालाई मुख्यसचिव २ महिना १५ दिनसम्म दिने र त्यसपछि अर्यालको मुद्दा सल्टाएर उनलाई नै पुनरागमन गर्ने भन्ने बारेमा पनि छलफल भइरहेको छ । उता गड्तौलाले पनि प्रधानमन्त्रीलाई भेटेर नेपालको पहिलो महिला मुख्यसचिव बनाएर इतिहास रच्नका लागि सुझाव दिएकी छन् ।