Online News Portal

महाकाली भन्सारबाट निर्यात शून्य

काठमाडौँ:सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने निर्यात शून्य देखिएको छ।यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिए । उनका अनुसार आयातबाट लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।कार्यालयले गत आवमा रु ५१ लाखको लक्ष्य राखेकामा रु ८६ लाख ८४ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख झाले बताए। उनका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो। भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको कार्यालयले जनाएको छ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.