Online News Portal

मन्त्री दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विषयमा छलफल

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ । बुधवार मन्त्रालयमा उनीहरूबिच विकास निर्माण र सरकारका कामबारे छलफल भएको हो । भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने भन्दै उनले नागरिकका अपेक्षा पूरा हुनेगरी कार्य सम्पादनका लागि मन्त्री दाहाललाई शुभकामना समेत दिए ।त्यसक्रममा उनले आफ्नो पुर्ख्यौली क्षेत्र काभ्रे जिल्लामा गर्नुपर्ने विभिन्न विकास निर्माणका कामबारे मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । उनले पनौती– नमोवुद्ध सडक खण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन समेत मन्त्री दाहाललाई आग्रह गरे ।

Advertisement

Click the button below to skip this ad and read the full article.