बारामा बस दुर्घटना १३ जना घाइते


काठमाडौँ: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पसाह पुल नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको विरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व– पश्चिम लोकमार्गअन्तरगर्त बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए।
बिहीबार बिहान १० बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै दुर्घटना हुँदा १३ जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटना भएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो। भारी वर्षा भइरहेको समयमा तिव्र गतिमा बसले ओभर टेक गर्ने क्रममा सडकभन्दा उतरतर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा घाइते भएका १४ मध्ये रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । उनको छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनको ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ । यस्तै दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको बताइएको छ । अवस्था मध्येम हुनेमा बाराको निजगढ नगरपालिका ०९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २० वर्षकी लक्षमी घिसिङ रहेका छन् ।