बाढीपहिरोले धनजनको ठूलो क्षति

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताए ।
उनले भने, ‘हामीले विपद्को पूर्वतयारीको हुनसक्ने पलह गरिएको थियो । यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्यौं । प्रतिपक्षका साथीहरूले साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’